देश

प्रतिकूल मौसमका कारण ८ विमानस्थल बन्द


काठमाडौँ – बाक्लो हुस्सु र हिमपातका कारण बिहीबार बिहान देखि नै ८ विमानस्थल अवरुद्ध भएको छ । तराई भेगमा तीन र हिमाली भेगमा पाँच वटा विमानस्थल खुल्न नसक्दा आन्तिरिक उडान प्रभावित बनेको छ ।

विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल मौसम प्रतिकूल बन्दा अहिलेसम्म खुल्न सकेको छैन । यता लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारा क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको छ । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ । सिमरा विमानस्थलमा क्रमिक रुपमा सुधार भएसँगै खुलेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान तर्फ भने अहिलेसम्म कुनै समस्या आएको छैन ।