विदेश

विश्वका सबैभन्दा जेठा ग्रार्सियाको मृत्यु


काठमाडौँ – विश्वकै सबैभन्दा जेष्ठ नागरिक स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको ११२ औँ वर्षको उमेरमा निधन भएको छ । जुत्ताको व्यापार गर्ने उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।

अर्को महिना ग्रार्सिया आफ्नो ११३ औँ जन्म दिन मनाउने योजनामा थिए । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।​ गिनिज वर्ल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।