काठमाडौँ – कैलालीको गोदावरी पुलबाट खसेका अछामका ३९ वर्षीय रुपराज भाटको उपचारका क्रममा मृत्यु भएको छ । उनको सोमबार साझा पौने ६ बजे तिर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
पेशाले अध्यापन गराउँदै आएका भाट घरबाट नेपालगञ्ज जान भनेर हिँडेका थिए । उनी गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए ।
मृतकका भाई ठण्डराज भाटले दाईको हत्या भएको दाबी गरेका छन् ।
भाटको मृत्यु प्रकरणबारे थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी जोशीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको जानकारी दिए । ‘नेपालगञ्जबाट अछाम जानुपर्ने मान्छे बीचबाटोमै के(कति कारणले उत्रिए रु उनीसँग अरु को(को मानिस थिए रु भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ जोशीले भने ।


प्रतिक्रिया