मौसम

आज वर्षा हुने सम्भावना


काठमाडौँ – नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणालीका कारण आज केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

पहाडी क्षेत्रमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने छ । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज दिनभर जस्तै हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढाएको छ । अहिले नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर आजैदेखि हट्ने भए पनि फेरि अर्को प्रणाली आउने सम्भावना रहेकाले छ ।