काठमाडौँ — राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारबाट स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको भीड व्यवस्थापन गर्नका लागि पालिकाबाट परिचयपत्र वितरण सुरु गरेको पञ्जीकरण विभागले जनाएको छ । १ मंसिरदेखि गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भीड बढेको थियो ।
विभागले भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि जिल्ला प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागका निर्देशक युवराज कट्टेलले जानकारी दिए ।
यसअघि विद्युतीय राहदानी बनाउन काठमाडौँ आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश–२ का अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट विवरण गरिएको थियो ।
यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश–१, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग) मा व्यवस्था गरिएको थियो ।
यी सहित काठमाडौँ प्रशासन र पालिकाबाट सेवा थप भएको विभागका निर्देशक एवम् सूचना अधिकारी कट्टेलले बताए ।


प्रतिक्रिया