विदेश

चीनमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प


काठमाडौँ – उत्तरी छिमेकी मुलुक चीनको उत्तरपश्चिमी छिङहाई प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान १४५ बजे मेनुवानमा ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प १० किलोमिटर गहिराइ बनाएर गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पपछि परकम्प गएका छन् ।

क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।