देश

उत्तर कोरियाको आणविक परीक्षणप्रति जापानलगायतका देशद्वारा निन्दा


काठमाडौँ – उत्तर कोरियाको आणविक परीक्षणप्रति दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले कडा शब्दमा निन्दा गरेको छ । यस्तै, जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिव ५ सय किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।

परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सुक्ष्म विश्लेषण गरेको बताइएको छ । उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदै आएको छ ।