काठमाडौँ – घरमा आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ । ग्यास विस्फोटमा परी १२ जना घाइते भएका छन् ।
कोठाभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा मेचीनगर ८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि एन्जल मेडिकल धुलाबारीमा पु¥याए लगत्तै राजवंशीको मृत्यु भएको हो ।
मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो भएको एक तले घरमा गएराति आगलागी भएर ग्यास सिलिन्डर बिस्फोट भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डे भाडामा बस्दै आएका थिए ।


प्रतिक्रिया