समाचार

नयाँ वर्ष लागेसंगै एलन मस्कको सम्पत्तिमा उछाल


काठमाडौँ – विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका लागि नयाँ वर्षको सुरुआत संगै सम्पत्तिमा उछाल आएको छ ।

सन् २०२२ को सुरुआतमै मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको शेयरमा झन्डै १४ प्रतिशतको बढोत्तरी भएको छ। योसँगै मस्कको सम्पत्ति एकैदिन ३३।८ अर्ब डलरले बढेको छ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार अब मस्कको सम्पत्ति ३०४ अर्ब डलर पुगेको छ ।