काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ ।
भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
उनीमाथि गोली प्रहार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख गरिएको छ । नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ।


प्रतिक्रिया