काठमाडाैँ – पाल्पाको रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।मृतकको सनाखत हुन भने सकेको छैन । बसमा ३५ जना मलामी सवार थिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया