देश

निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवाको खालबाट पक्राउ


काठमाडौँ – जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । जुवाको खालबाट सोही नगरपालिका ६ का अध्यक्ष शशी बुढा पनि पक्राउ परेका छन् ।

भेरीनगरपालिका–४ गैरीखालीबाट आज बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको छ ।