काठमाडौँ – भारतको जम्मू–कश्मीरका विभिन्न दलका शीर्ष नेताहरूलाई नजरबन्दमा राखिएको छ । पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
जम्मू–कश्मीरका राजनीतिक दलको समूह ‘गुपकर गठबन्धन’ले शनिबार केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि नै नेताहरूको घरमा ताला लगाइएको थियो । त्यस्तै शीर्ष नेताहरूको घरअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


प्रतिक्रिया