काठमडौँ – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बाँकी १४ समूहको छलफलको निष्कर्ष सुनाउनेक्रम सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेनमाथि २५ समूहमध्ये बुधबार ११ समूहका छलफलको सुझाव र निष्कर्ष प्रस्तुत गरिएको थियो ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाइसकेपछि प्रचण्डले उठेका प्रश्नको जवाफ दिएर प्रतिवेदन पारित गर्ने तयारी छ ।
यस्तै, स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधानको दस्तावेज पनि पारित गरिनेछ ।
त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । राजनीतिक प्रतिवेदन र विधानको प्रस्ताव पारित भएपछि मात्रै निर्वाचनको कार्यक्रम घोषणा गर्ने निर्वाचन समितिको तयारी छ ।


प्रतिक्रिया