काठमाडौँ – युवा माझ चर्चित र्यापर लाउरे भनेर चिनिने आशिष राना पोखराको न्युरोडबाट पक्राउ परेका छन् । उनलाई लागु औषध सेवन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका अरूबाट प्रहरीले ब्राउन सुगर पनि बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।


प्रतिक्रिया