देश

सर्लाहीमा आज पनि निषेधाज्ञा


काठमाडौँ – सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ । प्रहरीले त्यस क्षेत्रमा तनाव बढेपछि निषेधाज्ञा लागू गरेको हो ।

आईतबार प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो । बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले  फेरि  आज  बेलुका ७ बजेसम्मका लागि बयलबास बजार र त्यसको आसपासका क्षेत्रमा  कुनै पनि  जुलुस, भेला  जमघट  हुन नपाउने गरी  निषेधाज्ञा लागू गरेको हो ।

पीडित परिवारलाई राहत स्वरुप  १० लाख रुपैयाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भए पनि पुनःप्रदर्शन  हुनसक्ने भन्दै निषेधाज्ञा लागू गरेको स्थानीय प्रशासनले  जनाएको हाे।