देश

हिउँमा फसेका एडीबीको विशेषज्ञ टोलीको उद्धार


काठमाडौँ – पहिरोको अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेका एशियाली विकास बैंक (एडीबी)को विशेषज्ञ सहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ । हेलम्बु क्षेत्रमा बस्दै आएका एबीडीका विशेषज्ञ नेपाली टोलीको टेन्ट पहिरोले पुरिएको थियो । त्यसैको उद्धार गर्न श्री एयरलाइन्सको हेलिकप्टर त्यहा पुगेको थियो ।

स्थानीय पथप्रदर्शक सहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित एक होटलमा राखिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ ।

गत असार १ गते आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा धनजनको व्यापक क्षति भएको थियो । मेलम्ची खानेपानी आयोजनामा पनि पहिरोले क्षति पुर्याएको छ । त्यहाँको भौगर्भिक अवस्था अध्ययनका लागि एडीबीको टोली एक साताअघि त्यता गएको थियो ।

एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता पनि हो । त्यसैले खानेपानी मन्त्रालयको समन्वयमा एडीबीको टोली हेलम्बु क्षेत्रमा पुगेको थियो।