काठमाडौँ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पलाई चार दशमलव छ रेक्टर स्केलको मापन गरिएको छ ।
गए राति १२ बजेर ५३ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो । भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्पको क्षतिबारे भने कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया