काठमाडौँ – राजधानीको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको बताएको छ । पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई गएराति नियन्त्रणमा लिइएको हो । घटनामा संलग्न अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया