काठमाडौँ – मंगलबार अपरान्ह करिब ४ बजे रौतहट जिल्ला गौर चन्द्रपुर सडक खण्ड अन्तरगत जयनगरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । रौतहटको गढिमाइ नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा दुर्घटनामा ३ जना घाइते भएका छ्न् ।
दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको छ । पाँचजनाको घटनास्थलमा नै मृत्यु भयेको थियो भने अजि बुलाहको उपचारका क्रममा अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घाइतेमध्ये १ जनाको बिरगन्जस्थित नेसनल मेडिकल कलेजमा र दुई जनाको गरुडास्थित ग्रान्डी अस्पताल उपचार भैरहेको छ । तीब्र गतिमा रहेको जीप बिजुलीको खम्बामा ठोक्किरए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भन्डारिले बताउनुभयो ।


प्रतिक्रिया