काठमाडौँ – ब्राजिलमा लगातारको भारी वर्षाका कारण २० जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।
त्यहाँको प्रकोप नियन्त्रण निकायले बताए अनुसार सोमबारसम्म वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका छन्। वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।


प्रतिक्रिया