विदेश

जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन


काठमाडौँ – जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

उनको निधनको खबर ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार मात्रै सार्वजनिक गरेको हो । हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष अध्यापन गरेका प्रा डा विल्सन किट विज्ञानका ज्ञातासमेत थिए । उनले प्राकृतिक छनोट र अन्य कारक तत्वहरूले जीवहरूको बानीमा के–कसरी असर गर्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।

यी अमेरिकी जीवशास्त्रीले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए । यस्तै, क्रम विकास९इभोलुसन० र किट विज्ञानमा पनि उनको उत्तिकै योगदान रह्यो । कमिलाहरु संवाद गर्नका लागि ग्रन्थीबाट विशेष प्रकारको रसायन ९फेरोमन एक्सिक्रिएसन० निकालेर संवाद गर्ने पत्ता लगाएका थिए । ’फायर एन्ट’ को बारेमा उनले अमेरिकामा पहिलोपटक पत्ता लगाएका थिए । जुन कमिला पछि गएर अमेरिकाको दक्षिण क्षेत्रमा एक शत्रु जीवको रुपमा विकासित भएको थियो ।

त्रिभुवन विश्विविद्यालका प्राध्यापक इमिरेटस एवं जैविक विविधता विज्ञ प्राडा रामप्रसाद चौधरी विल्सनको निधन ’संसारका लागि ठूलो घाटा’ को रुपमा लिनुपर्ने बताए । उनले विल्सन अहिलेको पुस्ताका डार्बिन भएको उल्लेख गर्दै सोसियल बायोलिजीमा महत्वपूर्ण योगदान रहेको बताए ।