काठमाडौँ – नेकपा माओवादी केन्द्रको अध्यक्षमा फेरि पनि पुष्पकमल दाहाल(प्रचण्ड) नै हुने भएको छ । माओवादीको राजधानीमा जारी आठौँ राष्ट्रिय प्रचण्डविरुद्ध कसैले पनि उम्मेदवारी दिने सम्भावना नदेखिएपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएका हुन् ।
अध्यक्षबाहेकका अन्य पद भने अझै पनि केही टुंगो लागिसकेको छैन । अध्यक्षसहित १५ जना रहने पदाधिकारीमा ३० जनाभन्दा बढीको आकांक्षी देखिएका छन् । जसमा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा छन् । त्यस्तै पम्फ भुसालले पनि आफू कुनै कार्यकारी भूमिकामा रहने इच्छा रहेको सार्वजनिक कार्यक्रममा बोल्दै आइरहेकी छिन् । अन्यमा भने कुनै नेताहरुले आफु कुन पदमा उम्मेदवारी दिने भनेर खुलाएका छैनन् ।
तीन दशकभन्दा लामो समयदेखि प्रचण्ड माओवादीको नेतृत्वमा छन् । माओवादीमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६ महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एकजना हुन पाउने व्यवस्था छ ।


प्रतिक्रिया