मौसम

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव


काठमाडौँ — देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेकाले यसको प्रभावले आगामी बिहीबारसम्म देशभर मौसम बदली भई विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।