समाचार

गृहमन्त्री खाँणले बोलाए सुरक्षा परिषद्को बैठक


काठमाडौँ – आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक अपरान्ह ३ बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ । बैठकको अध्यक्षता गृहमन्त्रीले खाँणले गर्नेछ ।