काठमाडौँ – शनिबार बिहानैदेखि हिमापात सुरु भएको हुम्लामा तीन फिटसम्म हिँउ जमेको छ । सदरमुकाम सिमकोटमा एकदुई इन्चजति हिउँ परे पनि उत्तरी क्षेत्रमा भने तीन फिटसम्म हिँउ जमेको हो ।
हुम्लाको उत्तरी भेग नाम्खा गाउँपालिकामा तीन फिट जति हिउँ जमेको छ । भारी हिमपातपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ ।
एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा चहलपहल न्यून छ ।


प्रतिक्रिया