समाचार

आज क्रिसमस डे, विविध कार्यक्रम गरी मनाइँदै


काठमाडौँ – क्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज क्रिसमस डे मनाइँदै छ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलमा भएको थियो ।

यशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले विशेष रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने छ । क्रिसमस डेका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

यस वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएको छ । यद्यपि यसवर्ष क्रिसमस डे शनिबार परेको छ ।