काठमाडौँ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित बंगलादेशी नागरिक पक्राउ गरेको छ ।
अवैध रुपमा लुकाई ल्याएको करिब ३ सय ३३ ग्राम सुन सहित बंगलादेशी नागरिक अस्राफुल इजलामलाई पक्राउ गरेको हो । ईएन ०९८७८१ नम्बरको राहदानीमा बंगलादेशी नागरिक इजलाम हिमालयन एअरलाईन्सको उडानबाट दुबई हुँदै काठमाडौ आएका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया