काठमाण्डौँ – पाकिस्तानका अनुभवी स्पिनर यासिर शाहविरुद्ध १४ बर्षकी बालिकाले पुलिसमा उजुरी दिएकी छिन ।
जसमा उनले यासिरले आफुमाथि बलात्कार गर्न खोजेको आरोप लगाएका छन ।पुलिसमा दिइएको उजुरीमा ती बालिकाले यासिरका साथी फरहानले आफुलाई गन पोइन्टमा बलात्कार गरेको र त्यसको भिडियो खिचेर ब्ल्याकमेल गरेको बताएकी छिन । पाकिस्तानको इस्लामाबादमा १४ बर्षकी ती बालिकाले यासिरको विरुद्ध उजुरी दिएकी हुन ।
यसका साथै यासिरका साथी फरहानलाई पनि यसमा मुछिएको छ । पाकिस्तानको टेष्ट टिमका मुख्य सदस्यमा पर्ने यासिरले अहिलेसम्म ४६ टेष्ट खेलेका छन । जसमा उनले दुई सय ३५ विकेट लिएका छन । यसका साथै टेष्टमा उनको नाममा शतक पनि रहेको छ


प्रतिक्रिया