काठमाडौँ – म्यानमार सेनाले ४० जना पुरुषको सामुहिक हत्या भएको खुलासा भएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो । यस घटनाबाट बचेका मानिसहरुका अनुसार सैनिकले अलग–अलग समूहमा विभाजन गरेर ती पुरुषहरुको हत्या गरेको हो । घटनाको भिडियो र तस्वीरमा हत्या गनुअघि उनीहरुलाई एकदमै प्रताडित बनाइएको देखिएको छ ।
हत्या गरि ती पुरुषहरुलाई एकै चिहानमा गाडिएको समाचारमा उल्लेख छ । म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा अहिलेसम्म करिब १ हजार भन्दा बढी मनिसले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया