काठमाडौँ – आज राजधानीमा चिसो ह्वात्तै बढेको महसुस गरिएको छ । काठमाडौँमा आज राति देखि नै जाडो बढेको हो ।
मौसम विभागका अनुसार आज बिहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान चिसो बढे पनि दिउँसको भने पारिलो घाम लाग्ने विभागले जनाएको छ । दिउँसोको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने छ ।
चिसो बढेसँगै तराईको जनजिवन पनि प्रभावित हुन थालेको छ । तराईका धेरै जिल्लामा हुस्सु र कुहिरोका कारण दैनिक कार्यमा प्रभाव गरेको हो । आज पनि तराई क्षेत्रमा हुस्सु र कुहिरोले आकाश ढाकेको छ । सडक यातायातमा पनि दुर्घटना हुने सम्भावना प्रबल भएकाले त्यसमा पनि असर परेको छ ।
हुस्सुका कारण सडक यातायातका साथै हवाई उडानमा पनि असर परेको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । जुन भिजिविलिटीमा न्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न योग्य मानिदैन ।


प्रतिक्रिया