खेलकुद

भारतसँगको हारपछि नेपाल फाइनलमा पुग्न असफल


काठमाडौँ – नेपाल साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ । आयोजक बंगलादेशले श्रीलंकालाई १२–० गोल अन्तरले पराजित गरेपछि नेपालको फाइनल प्रवेशको सम्भावना सकिएको हो ।
ढाकामा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको भए नेपाल फाइनल पुग्ने थियो । श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ९ अंक जोड्यो । नेपाल तेस्रो स्थानमा रह्यो ।