खेलकुद

साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल र भारत आज भिड्दै, नेपालको फाइनल पुग्ने लक्ष्य


काठमाडौँ – साफ अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।