काठमाडौँ – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीस्थित शनिवार दुई तले भवनमा विष्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ ।
घटनामा घाइते भएका अधिकांशको अवस्था गम्भीर रहेको उपचार गराइरहेको अस्पताल शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाले जनाएको छ ।
विष्फोटको कारण भने ग्यास चुहावट रहेको बताइएको छ । उक्त भवनमा एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू रहेको अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् । विष्फोटमा परेकाे भवन आंशिक रुपमा ध्वस्त भएको छ । थुप्रै व्यक्तिहरु अझै पनि भग्नावशेषमा फसेका छन् । उद्धार टोली फसेका मानिसहरूको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ ।


प्रतिक्रिया