काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा दर्जनौँ महिलाले तालिवान सरकारबाट शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । अफगानिस्तानका नयाँ कट्टर तालिबान शासकहरूले सार्वजनिक विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाए पनि काबुलमा महिलाहरूले प्रदर्शन गरेका हुन् ।
सहभागीहरूले भोजन, पेशा र स्वतन्त्रता भनेर नारा लगाउँदै सहर परिक्रमा गरेका थिए । महिलाहरूले राजनैतिक पद पाउनुपर्ने माग गर्दै प्लेकार्डहरू बोकेर पुरूषहरूले पनि प्रदर्शनमा साथ दिएका थिए । तालिबानले सन् १९९० को तुलनामा नरम शासनको प्रतिज्ञा गरे पनि महिलाहरूलाई अझै अवसर र शिक्षाबाट बन्चित गरेको छ ।


प्रतिक्रिया