खेलकुद

साफ यू–१९ महिला फुटबलमा नेपालले भोलि भुटानसंग प्रतिष्पर्धा गर्दै


काठमाडौँ – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा भुटानविरुद्ध भोलि (शुक्रबार) खेल्दैछ ।

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा भुटानविरुद्ध मैदानमा उक्रदा नेपाल जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।

पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।