काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको आरोप लगाउनुभएको छ ।
बुधवार जनकपुर पुग्नुभएकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको हो । ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नुहुन्छ कि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उहाँको भनाई छ । मन्त्री झाक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी पनि गर्नुभयो ।


प्रतिक्रिया