मौसम

२७ जनाले लिए उम्मेदवारी फिर्ता


काठमाडौँ – नेपाली कांग्रेसको जारी महाधिवेशनमा अहिलेसम्म मीन विश्वकर्मासहित २७ जनाले उमेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका छन्।

उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।

यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल )खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् ।

त्यस्तै देउवा समूहमा रहेका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रदेश दुईमा खुलातर्फबाट उमेदवारी दिएका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन् । तीन जनाको उमेदवारी परेको भए पनि सो क्लष्टरमा एकजनाले उमेदवारी फिर्ता लिएपछि दुई नेता निर्विरोध चयन भएका हुन् ।