शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टार र एपीएफबीचको खेल साँझ पौने ५ बजेसुरु हुने छ । थ्री स्टार आज दोस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । एपीएफ भने पहिलो जितको खोजीमा हुनेछ । एपीएफले ३ खेल खेल्दा अंक जोड्न सकेको छैन ।


प्रतिक्रिया