मौसम

तराईमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित


काठमाडौँ – आज देशका धेरै स्थानमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशमा बदली हुनेछ भने अन्य प्रदेशमा आंशिक बदली हुनेछ । हिमपात र वर्षाको सम्भावना भने नरहेको महाशाखाले उल्लेख गरेको छ ।

तराईका धेरै स्थानमा बिहान हुस्सु र कुहिरोले जनजिवन प्रभावति भएको छ । यद्यपि दिनमा भने केही मात्रामा घाम लाग्ने छ । घाम छिप्पिँदै गएपछि हुस्सु र कुहिरो हट्दै जाने छ।

काठमाडौँमा पनि दिनानुदिन मौसम चिसिँदै गएको छ । राजधानीकामा आज विहान ६ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्ले बनाए ।