काठमाडौँ – शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले पहिलो जित निकालेको छ । आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको हो ।
एनआरटीलाई जित दिलाउन स्टेफेन बिनोङले निर्णायक गोल गरे । जितसँगै एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ भने सातौं स्थानमा उक्लिएको छ । सातदोबाटोको भने यो पहिलो हार हो । एनआरटीसँगको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।


प्रतिक्रिया