काठमाडौँ — कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार चौथो चरणका दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने शनिबारको पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोले लिगको ३ खेलमध्ये २ खेलमा जित र एकमा बराबरीको नतिजा हात पार्दै ७ अंक जोडेको छ भने एनआरटीले समान खेलमा २ बराबरी र एक हारको सामना गर्दै २ अंक हात पारेको छ ।
दोस्रो खेलमा पौने ५ बजे हिमालयन शेर्पा र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन शेर्पाले ३ खेलमा २ बराबरी र १ हारको सामना गर्दै २ अंक हात पारेको छ। मच्छिन्द्रले भने समान खेलमा २ जित र १ बराबरीसहित ७ अंक बटुलेको छ ।


प्रतिक्रिया