विदेश

हिंसा बढाएको आरोपमा फेसवुकसँग १ सय ५० अर्व माग्दै मुद्दा दायर



काठमाडौँ – बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थी फेसवुकमाथि मुद्दा दायर गरेका छन् । रोहिंग्यामाथि घ्रीणा फैलाएको भन्दै उनीहरुले मुद्दा दायर गरेको बीबीसीले जनाएको छ । उनीहरुले फेसवुकसँग १५० अर्व अमेरिकी डलरभन्दा धेरै क्षतिपूर्ति माग गरेका छन् ।


फेसवुकबाट उत्पिडित अल्पसंख्यक विरुद्धको हिंसा बढाएको उनीहरुको आरोप छ । सन् २०१७ मा म्यानमारको एक सैन्य कारबाहीमा १० हजार रोहिंग्या मुसलमान मारिएको अनुमान छ । रोहिंग्याको यो कदमबारे फेसवुकले अहिले नै कुनै जवाफ दिएको छैन । फेसवुकमाथि वर्षौदेखि घ्रीणा फैलाएको र गलत सूचना प्रसार गरेको आरोप लग्दै आएको छ ।


बेलायतमा रोहिंग्या शर्णार्थीको मुद्दा लडिरहेको एक ल फर्मले फेसवुकलाई पत्रसमेत लेखेको छ । उक्त पत्रमा फेसवुकको एल्गोरिदमले रोहिंग्या समुदायका विरुद्धमा घ्रीणा फैलाइएको आरोप लगाइएको छ । फेसवुकले रोहिंग्याविरुद्ध घ्रीणा फैलाउने पोस्ट हटाउन र एकाउन्ट बन्द गर्न नसकेको आरोप लगाइएको छ ।