विदेश

बजेट पारित नभएपछि पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन



काठमाडौँ – पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ ।


राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले संसद विघटनको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् । उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखमा संसदीय निर्वाचन गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ ।

संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन् । सरकारको बजेट पारित गर्न गत अक्टोबर २७ तारिखमा संसदमा मतदान भएको थियो ।