काठमाडौँ – न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित हात पारेको छ । मुम्बईमा भएको दोस्रो टेस्टमा न्यूजिल्यान्डलाई ३ सय ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले सिरिज जितेको हो । यसअघिको टेष्ट भने बराबरी भएको थियो ।
दोस्रो इनिङमा भारतले ७० ओभर खेल्दै २७६ रन बनाएको थियो । जसमा मयंक अग्रवालले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान विराट कोहलीले ३७ रन जोड्दा अक्षर पटल ४१ रनमा अविजित रहे । दोस्रो इनिङमा समेत न्युजिल्याण्डका अजाज पटेलले चार विकेट हात पारे ।
दोस्रो टेष्टको प्लेयर अफ दि म्याच भारतका मयंक अग्रवाल घोषित भएका थिए ।


प्रतिक्रिया