देश

शतबीज छर्न पशुपतिमा भक्तजनको भीड


काठमाडौँ – आज मार्ग कृष्ण पक्षको चतुर्दशी बिहानै शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । काठमाडौंमा रहेका मृतकका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरेका छन् ।

यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको संकल्पसहित दीपदान गरेका थिए । दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।