काठमाडौँ – नेपाली पाठकासामु लोकप्रिय कामना न्यूज पब्लिकेसन्स प्रालि ३८ औं बसन्तमा प्रवेश गरेको छ । पब्लिकेसन्सले विभिन्न आरोहअवरोहको सामना गर्दै झण्डै चार दशकको लामो यात्रा तय गरेको हो ।
स्थापनाकालदेखि नेपाली मिडिया बजारमा नेतृत्वदायी भूमिका खेलेको पब्लिकेशन नेपालमा सञ्चालित निजी क्षेत्रका प्रकाशन गृहहरूमध्ये सर्वाधिक ज्येष्ठ मानिन्छ । २०४१ सालदेखि चलचित्र तथा कलासम्बन्धी मासिक पत्रिका कामनाबाट शुरू गरेको यस प्रकाशन गृहको यात्रा स्वास्थ्य र सौन्दर्य विधाको अर्को मासिक पत्रिका साधना, सन्ध्याकालीन दैनिक महानगर, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र अनलाइन न्यूज पोर्टल न्यूज अफ नेपाल डट कम हुँदै अघि बढेको छ ।
प्रिन्ट मिडियाबाट सुरु भएको कामना पब्लिकेसन्सको यात्रा आजको डिजिटल मिडियासम्म आइपुग्दा पनि पब्लिकेसन्सले पाठकको राम्रो साथ पाएको छ । अखरका साथै, अनलाईन न्यूज पोर्टल न्यूज अफ नेपाल डट कमले पाठकको अत्याधिक माया पाउन सफल भएको छ ।


प्रतिक्रिया