काठमाडौँँ – भारत सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा कोरोना कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि भारत सरकारले सबै राज्यमा उच्च सतर्कता अपनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतको केन्द्र सरकारले सबै राज्यलाई नियन्त्रणका लागि उच्च कदम चाल्न र खोप अभियानलाई थप तीब्रता दिन भनेको छ । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेका छन् । भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने तयारी गरेको बताइएको छ ।


प्रतिक्रिया