खेलकुद

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज देखि शुरु उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स भिड्दै


काठमाडाैँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिड्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दुबै टोलीले उत्कृष्ठ नजिता ल्याउने तयारी गरेका छन् । लिग अन्तर्गत भोलि शनिबारदेखि हरेक दिन दुई खेल हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

यस पटकको लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पुरस्कार पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने एन्फाले जनाएको छ । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।