काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले शनिबार हिमाली भू–भागको एक दुई स्थानमा हिमपात र प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात र प्रदेश १ को एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिक बदली रही गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया